Connect IPS
IME Life

कुशे औंसीमा बुबाको लागि भिभो उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हामीलाई रोचक कथाहरु सुनाउनदेखि लिएर जीवनमा सबैभन्दा उपयोगी र अमुल्य पाठहरु सिकाउन बुबाको निकै ठूलो भूमिका रहेको छ । हामीले पहिलो पाइला बुबाको हात समाएर चालेका थियौं र जीवनको हरेक साना–ठुला तथा नयाँ अध्यायमा बुबाले नै साहारा र हौसल्ला दिनुभयो । हाम्रो धेरै रोइकराइ र बिन्ती पछि हामीले बोकेको त्यो पहिलो फोन पनि बुबाले नै किनिदिनु भएको हो । तपाईंको जीवनमा विशेष महत्व राख्ने बुबाका लागि यो कुशे औंसी विशेष र स्मरणीय बनाउने होइन त ? बुबाको मुहारमा खुशी ल्याउन भिभोका फोनहरु उपहार स्वरुप दिन सकिन्छ ।

भिभो एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड हो जसले नेपालमा सुलभ मुल्यमा अतुलनीय विशेषताका स्मार्टफोनहरूमार्फत प्रयोगकर्ताको मन जित्दै आइरहेको छ । वाई शृङखला अन्तर्गत, भिभोको शक्तिशाली प्रदर्शन र उत्कृष्ट सुविधाहरू भएका उत्कृष्ट उपकरणहरु छन् जुन तपाईंको बुबाका लागि उत्तम उपहारहरू हुन सक्छ । यो बुबाको मुख हेर्ने दिनलाई यादगार बनाउन तपाईका लागि निम्न स्मार्टफोनहरु उपयुक्त हुनसक्छन् ।

Prabhu
Crest

१. भिभो वाई २०
भिभो वाई२० ले शानदार डिजाइन र उत्कृष्ट क्यामेरा विशेषताहरूको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । यसमा ५०००एमएएच सुपर क्षमताको ब्याट्री छ जसलाई १० वाट फास्ट चार्ज टेक्नोलोजीले स्मार्टफोनलाई लामो समयसम्म निर्धक्क चलाउन सक्षम बनाउँछ । साथै, ४ जीबी र्याम र ६४ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ । वाई २० मा १३एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ जुन तपाईंको बुबाको लागि तस्बिरहरू शेयर गर्न उत्कृष्ट उपकरण हो । यसमा आई प्रोटेक्सन मोड पनि छ जसले तपाईंको बुबाको आँखालाई सुरक्षित राख्छ र उहाँले स्मुद भ्यूइंग अनुभवको आनन्द लिन सक्नुहुन्छ । यो स्मार्टफोन केवल २०,९९९ मा देशभर उपलब्ध छ ।

२. भिभो वाई १५ सी
भिभो वाई१५सी एक स्टाइलिश र शक्तिशाली स्मार्टफोन हो जसमा १३एमपी एआई डुअल क्यामेरा छ । साथै, सुक्ष्म विवरणहरुका लागि २एमपी सुपर म्याक्रो क्यामेरा छ जसले ४ सेमी फोकस प्रदान गर्दछ । यसमा ६.५१ इन्च हलो फुलभ्यू डिस्प्ले छ जसमा आई प्रोटेक्सन मोडले रोमाञ्चक भ्यूइंग अनुभव प्रदान गर्दछ । वाई १५ सी ३जीबी र्याम र ३२ जीबी रोमको साथ आँउछ । यसमा दिनभर टिक्ने ५०००एमएएचको विशाल ब्याट्री छ जुन तपाईंको बुबाले चार्ज सक्किने चिन्ता लिनु पर्दैन र उहाँ जहाँ जानुहुन्छ त्यहाँ ढुक्क भएर फोन लग्न सक्नुहुन्छ । यसमा भएको साइड–माउन्ट फिंगरप्रिन्ट स्क्यानरले फोनलाई अनलक गर्न धेरै सहज बनाउँछ । हाल, वाई १५सी को मुल्य १७,९९९ रहेको छ ।

३. भिभो वाई २१
शक्तिशाली ब्याट्री, उत्कृष्ट डिजाइन र मेमोरी भएको सुलभ मुल्यका उपकरण खोज्ने प्रयोगकर्ताहरूलाई वाई२१ उपयुक्त स्मार्टफोन हुनसक्छ । यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । यसको ८.००एमएम सुपर स्लिम बडीले वाई २१ लाई हल्का तौल र आकर्षक बनाउँछ । यसमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट उत्कृष्ट फोटो खिच्न सकिन्छ । यो ४जीबी र्याम र ८जीबी रोममा उपलब्ध छ र यसको मुल्य २२,९९९ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS