काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा बनेको अवैध संरचना भत्काएको छ ।
विहिवार विहान अनुगमनमा जाँदा अल्फाबिटाका प्रतिनिधि र मेयर शाहबिच भनाभन भएको थियो । मेयर शाहले घरको नक्सा माग गर्द प्रतिनिधिले उल्टै महानगरले नक्सा दिनुपर्छ भनेपछि मेयर शाह र उनीबिच भनाभन चलेको थियो । लगत्तै मेयर शाह र महानगरका कर्मचारी सहितको टोलीले नक्साको अध्ययन गर्दा उक्त संरचना अवैध रुपमा बाटो मिचेर बनाएको भेटेपछि उक्त संरचनामाथि डोजर चलाएको हो । केहिदिन अघिदेखि उनी यस्ता अवैध रुपमा बनाइएका संरचना भत्काउन लागि परेका छन् ।
मेयर शाहले काठमाडौंको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न काठमाडौंभित्र बनेका घरमा रहेको अन्डरग्राउण्ड पार्किङ सञ्चालन गर्ने तयारी गरेको छ । जसअन्तर्गत अन्डरग्राउण्डमा सञ्चालन हुँदै आएका व्यवसायलाई हटाउन महानगरले घरधनीहरुलाई ३५ दिने सूचना जारी गरेको थियो । तर सूचना जारी गरेको मिति कटेपनि घरधनीहरुले कुनै चासो नदिएपछि मेयर बालेन स्वयम फिल्डमा खटेर अन्डरग्राउण्ड खाली गराउन लागि परेका छन् ।