Connect IPS
IME Life

अष्ट्रेलियामा एमडिआरटी ग्लोबल कन्फ्रेन्सको तयारी पुरा, सजिलै भिषा आउदा नेपालबाट जानेको संख्या बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एमडिआरटी ग्लोबल कन्फ्रेन्सको तयारी अन्तिम अवस्थामा पुगे सँगै नेपालबाट सम्मेलनमा भाग लिन जानेको क्रम बढेको छ । ‘२०२२ एमडिआरटी ग्लोबल कन्फ्रेन्स’ यहि अगष्ट २८ देखि ३१ सम्म अष्ट्रेलियाको सिड्नीमा हुँदैछ । उक्त सम्मेलनमा १०० जना भन्दा धेरै बक्ता तथा प्रस्तुतकर्ताहरु छन् । साथै १२० वटा भन्दा धेरै सेसन सञ्चालन हुनेछ ।

२८ तारिखदेखि सञ्चालन हुने यस सम्मेलनमा सहभागीहरुले २७ तारिखमा विहान ११ बजेदेखि साँझ ६ गतेसम्ममा रजिष्ट्रेसन गर्नुपर्नेछ । यस सेसनमा बीमालाई पनि जोडिएको छ । प्रस्तुतकर्ता पाकोर्नले मानिसको जीवनमा बीमा किन आवस्यक छ भन्ने प्रस्तुति दिनेछन् । भाषा बुझ्ने र ज्ञान लिन चाहेका लागि यो विश्वकै सबैभन्दा उपयुक्त प्ल्याटफर्म मानिन्छ । त्यसैले यस सम्मेलनमा भाग लिन विश्वबाटै मानिसहरु आउने गरेका छन् । नेपालमा पनि जीवन बीमा कम्पनीका अभिकर्ताका लागि यो प्रतिष्ठाको विषय बनेको छ ।

Prabhu
Crest

अभिकर्ताको लागि प्रतिष्ठाको विषय बने पनि सबैजनाले एमडिआरटी क्वालिफार्यडको प्रमाणपत्र समेत लिदैनन् । सन् २०२१ मा व्यवसाय गरेर सन् २०२२ का लागि नेपालबाट मात्रै एक हजार भन्दा धेरै योग्य भए । उनिहरुलाई जीवन बीमा कम्पनीहरुले एमडिआरटीको योग्यता पुरा गरेको उपलक्ष्यमा सम्मान पनि गर्यो तर उनिहरु मध्ये जम्मा २०० जनाले पनि एमडिआरटी क्वालिफायर्डको प्रमापत्र लिएनन् ।

करिव २०० जनाले प्रमाणपत्र लिए पनि धेरै कमले यस वर्ष अष्ट्रेलियामा आयोजना गरिन लागेको एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुने निर्णय गरे । यस वर्ष लगभग ५० जनाले सम्मेलनमा भाग लिनका लागि आवेदन दिएको बुझिएको छ ।

गत वर्ष यो सम्मेलन सिङ्गापुरमा सम्पन्न भएको थियो । त्यस भन्दा अघिल्लो सम्मेलन भने अष्ट्रेलियामै भएको थियो । अष्ट्रेलियामा हुँदा खासै भिषा आएको थिएन । तर यस वर्ष सुरुमै आवेदन दिने प्रायःको भिषा आएको इन्स्योरेन्स कम्पनीहरु बताउछन् । पहिला पहिला आवेदन दिनेको भिषा आए पछि आवेदन प्रकृयाँ अगाडी बढाउनेको भने भिषा आउन सकेन ।

यस वर्ष सबैभन्दा धेरै युनियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स लगायतका कम्पनीबाट जाने अभिकर्ता अधिक छन् । उक्त कम्पनीहरुले स-सम्मान उनिहरुलाई विदाइ गरिरहेका छन् ।

एमडिआरटी सम्मेलन वर्षमा तीन वटा आयोजना हुन्छ । वार्षिक सम्मेलन यसको प्रधान कार्यालय अमेरिकामै हुन्छ । त्यस पछि ग्लोलब कन्फ्रेन्स अमेरिका भन्दा बाहिरि देशमा हुने गरेको छ । हरेक वर्ष यसको स्थान परिवर्तन हुन्छ । गत वर्ष सिंगापुरमा आयोजना भएकोमा यस वर्ष अष्ट्रेलियामा हुँदैछ ।

यस सम्मेलनमा भाग लिन जाने अभिकर्ताले नै सम्पुर्ण खर्च बेहोर्नु पर्ने हुन्छ । कतिपय अभिकर्तालाई बीमा कम्पनीले बेहोर्ने गरेका छन् । एमडिआरटी क्वालिफायर्डको प्रमाणपत्र लिनका लागि अभिकर्ताले ५५० डलर भुक्तानी गर्नु पर्छ । यस्तो प्रमाणपत्र हात परे पछि ग्लोबल कन्फ्रेन्समा सहभागिताका लागि ९०० डलरदेखि ११०० डलरसम्म भुक्तानी गर्नु पर्छ ।

यो शुल्क भुक्तानी पछि टिकट शुल्क, खान बस्ने प्रवन्ध अभिकर्ता आफैले मिलाउनु पर्ने हुन्छ । यहि खर्चका कारण अधिकाम्सले क्वालिफायर्ड भएको प्रमाणपत्र पनि लिदैनन् । प्रमाणपत्र लिइहाले पनि सम्मेनलनमा सहभागी हुने प्रयास गर्दैनन् ।

कस्ता व्यक्ति जान्छन् एमडिआरटी सम्मेनलमा

अधिकाम्स अभिकर्ताले पैसा खर्च हुने डरले पनि यसको प्रकृयाँमै सहभागिता जनाउदैनन् । तर देश विदेश भ्रमण गर्न चाहने, खर्चको जोहो गर्न सक्ने अभिकर्ताको लागि भने यो सबैभन्दा उपयुक्त प्ल्याटफर्म हो । कतिपयले आफ्नो ट्राभल हिष्ट्रि बनाउन चाहिरहेका हुन्छन् । यदि यस्तै अष्ट्रेलिया, सिङ्गापुर, जापान जस्ता देशमा घुमेको रेकर्ड रह्यो भने अमेरिका जस्ता शक्तिशाली राष्ट्रमा पनि भिषा लाग्ने सम्भावना अधिक रहन्छ ।

अर्को कतिपयको अष्ट्रेलियामा आफन्तहरु धेरै हुन्छन् । तिनै आफन्तको आग्रह र आस्वासनमा पनि यस सम्मेलनमा सहभागिता जनाउनेको संख्या कम छैन । कतिपयले पनि यस सम्मेलनमा सहभागिता जनाएर भिषा परिवर्तन गर्ने सोचका साथ गएका हुन्छन् । अहिले सम्मेनलमा सहभागि हुने र त्यतै भिषा परिवर्तन गर्दै त्यहि काम गरेर बसन्ने मनस्थितिका पनि हुन्छन् ।

यस सम्मेलनमा सहभागी पश्चात बुझेर आफ्नो जीवनमा सदुपयोग गर्नेका लागि सबैभन्दा ठुलो र राम्रो प्ल्याटफर्म हो । तर नेपालबाट सहभागीता जनाउनले घुम्न जाने बाहेक अन्य उपलब्धी हासिल गरेको पाइदैन । आफ्नो व्यवसायिक जीवनमा म यस्तो सम्मेलनमा सहभागी भएको थिए भन्दै प्रोफाइल बढाउने बाहेक यसबाट सिकेर जीवनमा सदुपयोग गर्नेहरु एकदमै कम छन् । तर यसका सम्पुर्ण सेसनमा सहभागी भएर सिक्न चाहेमा वा ज्ञान लिन चाहेमा भने यो सबैभन्दा राम्रो हुन्छ । तत्र गएर आउने बाहेक अन्य काम हुँदैन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS