SKIP THIS

MLBL
IME Life
Beema Board

मर्जरले बीमा कम्पनीको एग्रेसिभनेस घट्यो, आफ्नै सुनिश्चितता छैन के को व्यवसाय !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरले जीवन बीमा कम्पनीको ‘एग्रेसिभनेस’ घटेको छ । विगतका वर्षमा जुन किसिमको आक्रमता देखिन्थ्यो अहिले कुनै पनि जीवन बीमा कम्पनीमा त्यो छैन । सबैजना व्यवसाय विस्तारका लागि भन्दा पनि आफ्नो जागिर के होला ? भन्ने चिन्तामा छन् । अझ कम्पनीको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृतहरु आफ्नो जागिर नै नरहने भए पछि आक्रमक हुने कुरै भएन ।

गएका वर्षमा सम्पुर्ण जीवन बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतदेखि शाखाका कर्मचारीहरुलाई समेत टार्गेट सेट गर्थे । जसले गर्दा उनिहरुको प्रस्तुतिमा आक्रमकता थियो । यहि आक्रमकताले ७ प्रतिशतको पेनिट्रेसन ३७ प्रतिशत नाघ्यो । बीमा कम्पनीहरुले कर्मचारी तथा अभिकर्ताहरुलाई साप्ताहिक, मासिक, त्रैमाशिक, अर्धवार्षिक तथा वार्षिक टार्गेट सेट हुन्थ्यो । टार्गेट पुरा गर्न दवाव दिने देखि लिएर प्रोत्साहनका विभिन्न स्किमहरु पनि सञ्चालन हुन्थे । तर अहिले टार्गेट दिइएको छ तर टार्गेट पुरा नहुँदा खासै वास्था हुँदैन । किनकी भोलि कम्पनी मर्जरमा जादैछ, अहिले किन दुखः गर्ने ।

Prabhu
Crest

यो मानसिकता सबैभन्दा माथिल्लो तहदेखि सबैभन्दा तल्लो तहसम्म छ । जसले टार्गेट पुरा गर्न सबैभन्दा धेरै दवाव दिन्थे उनिहरुलाई मर्जर पछि आफ्नो स्थान के हुन्छ भन्नेमै छ । अहिले मरेर व्यवसाय गर्यो भोलि मर्जर पछि हट्नु पर्यो भने के गर्ने । त्यसैले कतिपय कर्मचारीहरु अहिले व्यवसाय आफ्नो हातमा होल्ड गरेर बसिरहेका छन् । साथै ठुलो रकमको बीमाङ्का पोलिसी समेत होल्ड गरिरहेका छन् । अहिले नै व्यवसाय देखाउनु भन्दा मर्जर पछि देखाउदा आफ्नो प्रस्तुति राम्रो देखिने हुँदा उनिहरु अहिले निष्कृय जस्तै छन् ।

यस्तै अवस्था रहने  हो भने चालु आर्थिक वर्षमा जीवन बीमा व्यवसाय थप तल झर्ने देखिन्छ । अहिलेसम्म जीवन बीमा कम्पनीहरुमा एउटा पनि मर्जर पुरा भएको छैन । एकातिर मर्जरको सहमति गरेर कर्मचारीलाई हतोत्साहित बनाउने काम भइरहेको छ भने अर्को तर्फ मर्जर प्रक्रिया अगाडी बढ्न नसकेर प्रकृयाँ अलमलमा पर्ने हो भने बीमा व्यवसाय बढ्ने होइन घट्न सक्ने देखिन्छ । त्यसैले यस्तो कार्यलाई निरुत्साहित गर्न बीमा समितिले छिट्टै कदम चाल्नु पर्छ ।

समितिले मर्जरको सहमति गर्न जसरी बाध्य बनायो त्यसरी नै पुरा गर्न पनि विभिन्न कदम चाल्नु पर्ने हुन्छ । कम्पनीहरु सँग प्रगति विवरण माग्नेदेखि लिएर आवस्यक प्रकृयाँ पुरा नगर्ने कम्पनीलाई दवाव दिन सक्नु पर्छ । अहिले बीमा समितिबाट यस्तो काम हुन सकिरहेको छैन । अहिलेसम्म हिमालय र एभरेष्टको मात्रै मर्जर सफल भएको छ । बाँकी मर्जरको सहमति गरेका १७ वटा कम्पनीहरुको अझै पनि अत्तोपत्तो छैन ।

सबै कम्पनीहरुले बीमा समितिबाट शैद्धान्तिक स्वीकृति पाइसकेका छन् । यो सहमित पछि कम्पनीहरुले आवस्यक प्रकृयाँ अगाडी बढाउन सक्छन् । जीवन तर्फ केहि समस्या देखिए पनि बीमा समितिले सहजिकरणका लागि तयार भएर बसेको छ । कतिपयले डिडिए नै अगाडी बढाउन सकेका छैनन् । केहि मर्जर नै भाड्नु पर्ने भन्दै दाउ खोजेर बसिरहेका छन् । यदि यस्ता खेलले प्रश्रय पायो र सफल हुँदै गए भने मर्जर सफल होइन असलफल हुँदै जानेछ । तर मर्जरको एक मात्रै मिसन लिएर खगनडी बढ्ने हो भने मात्रै मर्जर सफल हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS