काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेका छन् । यी योजनाले एक सुचना जारी गर्दै नगद लाभांश वितरण गरेको जनाएका हुन् ।
योजनाले आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना इकाईधनीहरुलाई २१ दशमलव शून्य ५२६२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेका थिए । उक्त प्रस्तावित प्रतिफल वितरण गरेका हुन् । उक्त नगद लाभांश आजदेखि इकाई धनीले उल्लेख गरेको बैंक खातामा आइपिएस मार्फत जम्मा हुने जनाको छ ।
फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता अत्यावधिक गराउन आग्रहगरेको छ ।
साथै, आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात मात्र नगद लाभांश जम्मा हुने समेत योजनाले जनाएका छन् ।