काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ८७ अंकले बढेर २,०५७ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड ट४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।