काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ८७ अंकले बढेर २,०५७ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड ट४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । अरुण कावेली पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् ।