Connect IPS
IME Life

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकम १ अर्ब ३३ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक १ दशमलव ८१ अंकले बढेर २,०५४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, रिडी पावर कम्पनीको ७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ रहेको छ । अपि पावर कम्पनीको ५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाउका छन् । फण्डका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS