IME Life
Beema Board

बन्दको मौकामा बीमाबाट पैसा लिन विग्रिएको टिप्परमा आगजनी गर्ने पक्राउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चार दलले आह्वान गरेको बन्दको मौका छोपी बीमा कम्पनीबाट दाबी पाउन दाङको घोराहीमा आज आफ्नै टिप्परमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बन्दका क्रममा चालक र सहचालक आफैले आगो लागेको पुष्ठी भए पछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

आज विहान ५ बजे नै टिप्परमा आगलागी भएको थाहा पाए पछि प्रहरी घटना स्थलमा पुगेका थिए । विडम्बना उक्त आगलागीमा आन्दोलन आह्वान गर्ने राजनीतिक दलका नेता कार्यकर्ताले उक्त घटना आफुहरुले नघटाए बताए पछि प्रहरीले घटना संकास्पद रहेको भन्दै चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको थियो ।

Prabhu
Crest

चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएका हुन् । उनिहरुले टिप्पर धनीको आग्रहमा विग्रिएको अवस्थामा रहेको टिप्परमा आगो लगाएका हुन् ।

सवारीधनीहरुले प्राय बन्द हड्तालका समयमा विग्रिएको तथा मर्मत गर्न धेरै पैसा लाग्ने देखिए पछि बीमा कम्पनीबाट क्षतिपुर्ती पाउनका लागि आफैले नियोजित रुपमा आगो लगाउने गरेका धेरै उदाहरण छन् । सामान्य अवस्थामा आगो लगाउदा दाबी गर्न सकिदैन । तर हड्तालको समयमा आगो लगाउदा आन्दोलनकारीले भन्न सजिलो हुने र दाबी पनि सजिलै पाइने भएकाले बीमितहरुले यस्ता गलत हर्कत गर्ने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS