Connect IPS
IME Life

चार म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चार वटा म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ क्यापिटलका २ योजना तथा लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डले प्रतिफल बितरण प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

लक्ष्मी क्यापिटलले संचालन गरेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्विटी फण्डले भदौ ७ गते बुक क्लोज मिति तय गरेका हुन् गरेका हुन् ।

Prabhu
Crest

क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले क्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। दुवै फण्डले समान ५ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

त्यसैगरी सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पनि भदौ ७ गते बुक क्लोज गर्ने भएका हुन् । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने रकम बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS