काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र बिर्तासिटी हस्पिटल विच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त संझौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट बिर्तामोड शाखा प्रबन्धक द्रोण राज भट्टराई तथा बिर्तासिटि हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक आनन्द बस्नेतले हस्ताक्षर गरेका छन् ।
यस संझौतापश्चात् जनरल इन्स्योर्न्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सिमासम्म बिर्तासिटी हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्ने कुरा इन्स्योरेन्सका प्रवन्धक भट्टराईले बताए ।