IME Life
Beema Board

सिरहामा नेको इन्स्योरेन्सले दियो कृषकहरुलाई फलफुल खेती सम्बन्धी तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कृषकहरुलाई फलफुल खेती सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा नेकोको अभियान: कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुगि तालिम प्रदान गर्दै आएको छ ।

विशेष गरी साना किसानहरु जस्ले सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरी रहेकाहरुको कुनै दैवीप्रकोप वा रोग/किराबाट खेती वा पशुधनको नोक्सानी भएमा क्षतिपूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यसै सिलसिलामा कम्पनीले कृषकहरुलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोवेरा (घ्यूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम यहि भाद्र ३ गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब २०० जना कृषकहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का लगायतका विज्ञहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले यस कार्यक्रमबाट खेती गर्ने नयाँ तरिका लगायत आप्mनो मिहेनतबाट आम्दानी गरी आत्मनिर्भर हुन सक्ने सीपको वारेमा जानकारी पाएकोले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS