काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर २,०६० दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ,होटल्स एण्ड टुरिजम,निर्जीवन बीमा कम्पनी, उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।
बजार घट्दा आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ब्वेत गंगा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।