काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २०७९ भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरेको उक्त तालिम बुटवलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक कविराज पौडेल, क्षेत्रिय प्रबन्धक गोपाल ज्ञवाली, अण्डर राइटिङ विभागका सुजन खकुरेल, बुटवल शाखाका रोमनाथ ढकाल, करुणा काफ्ले तथा निरज थापाले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा निर्जीवन बीमा व्यवसायले समेटने हरेक क्षेत्रको बारेमा तालिममा सहभागीहरुलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । तालिममा अभिकर्ता, शाखा प्रमुख, अण्डर राइटिङ, मार्केटिङ तथा बजार विभागका कर्मचारीहरु गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।