काठमाडौं । नेपाल लाइफले लिडरसिप एक्सिलेन्सी अवार्डको सम्पुर्ण तयारी पुरा गरेको छ । कम्पनीले भोलि दिउसो १२ बजेदेखि दुई लिने सम्मेलनको भव्य तयारी पुरा भएको छ । कार्यक्रममा २०५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहनेछ । तीन वर्षदेखिका टप अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । टप ५० अभिकर्ता तथा टप ५० एजेन्सी म्यानेजरलाई सम्मान गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बैंकर अनिल केशरी शाहले मोटिभेसनल स्पिकरको रुपमा उपस्थित हुनेछन् । उनले सहभागीहरुलाई मटिभेसन दिनेछन् । भोलि सम्मान तथा मोटिभेसनकोको कार्यक्रम रहेको छ भने पर्सी सहभागीहरुलाई चालु आर्थिक वर्षको टार्गेटका विषयमा छलफल तथा अन्तर्क्रिया गरिनेछ । सहभागीहरुलाई चालु आर्थिक वर्षको रणनीतिको वारेमा जानकारी दिइनेछ भने नयाँ रणनीति तय गरिनेछ ।