SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिले नेपाल प्रहरीसँग गर्यो छलफल : फ्रड गर्न खोज्नेलाई मौका नै नदिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समिति र नेपाल प्रहरीसँग बीमा दाबी भुक्तानी सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । बीमा समितिले दाबी भुक्तानीका क्रममा आइपर्ने घटनाहरुमा नेपाल प्रहरी, बीमक संघ, बीमा समिति र बीमा कम्पनीहरु विचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा बीमा समिति, बीमक संघ र नेपाल प्रहरीहरुले आ-आफ्नो तर्फबाट प्रतिस्तुति दिएका थिए । बीमा क्षेत्रमा हुने फ्रडहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सम्बन्धित निकाय प्रतिनिधिहरु विचमा अन्तर्क्रिया भएको हो । उक्त फ्रडहरुलाई के कसरी च्यानलाइज गर्न सकिन्छ भन्ने विषयमा कुरा उठेको थियो । विशेष गरी मोटरसाइकल चोरीका घटना बढेको प्रति सबैको चासो व्यक्त भएको थियो । कुल दाबी भुक्तानी मध्ये एक अर्ब जति मोटरसाइल चोरीकै दाबी पर्ने गरेको पाइएको छ । यति ठुलो रकमको दाबी पर्न स्वभाविक नभएको सबैको तर्क थियो । त्यसैले बीमाबाट दाबी पाउन मोटरसाइकल चोरी गराउने घटनामा बीमक र नेपाल प्रहरीहरु विचमा कसरी समन्वय गराउनु पर्ने हुन्छ ।

Prabhu
Crest

मोटरसाइकल वास्तविक रुपमा चोरी भएको हो या होइन भन्ने पत्ता लगाउन धेरै नै चुनौती हुने गरेको छ । नेपाल प्रहरीको तर्फबाट एसएसपि दिनेश आचार्यले प्रस्तुति दिएका थिए । फ्रड गर्न खोज्ने व्यक्तिलाई फ्रड गर्ने मौका नै नदिनका लागि के कस्ता कदम चाल्ने भन्ने विषयमा सहमति भएको छ । आजको कार्यक्रममा सबैले आ-आफ्नो स्थानबाट समस्या मात्रै उल्लेख गरिएको थियो । समस्या समाधान के कस्ता कदम अपनाउन सकिन्छ भनेर अर्को अन्तर्क्रिया कार्यक्रममा छलफल हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS