IME Life
Beema Board

सात कम्पनीले मागे धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तयि संस्थाका साथै बीमा कम्पनीहरुले आफ्नो सेवा विस्तार धमाधम रुपमा गर्दै आएका छन् । कम्पनीहरुले देशको सुगम ठाउँदेखि दुर्गम ठाउँसम्म शाखा विस्तार गर्दै आएका छन् । जसका लागि कम्पनीहरुले जनशक्तिका लागि दरखास्त आब्हान गर्ने गरेका छन् ।

यसैक्रममा अहिले मानुषि लघुत्ति, ज्योति विकास बैंक,समृद्धि फाइनान्स, सनराइज क्यापिटल, कुमारी बैंक, लुम्बिनी विकास बैंक र मेरो बीमाले कर्मचारीको माग गरेका छन् । यी कम्पनीहरुले आफ्नो विभिन्न शाखा कार्ययका लागि तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेका हुन् ।

Prabhu
Crest

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदको लागि एसएलसी देखि प्लस टु उर्तिण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।ज्योति विकास बैंकले रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा,रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो उपत्यकात्रि तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
समृद्धि फाइनान्स लिमिटेडले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सनराइज क्यापिटलले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको हो । बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

कुमारी बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज,धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको जनाएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते बैंकिङ समयभित्र कार्यालयमा सम्पर्क गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले  ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो। उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।

मेरो बीमा कम्पनीले आइटी अफिसरदेखि विभिन्न पदका लागि ९ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आइटी अफिसरमा एक जना कर्मचारीको माग गरेको छ । एक वर्ष आइटी क्षेत्रमा काम गरेका र बीआइएम, बीसिआइएस तथ बीआइटी अध्ययन गरेकाले यो पोष्टका लागि दर्खास्त दिन सक्नेछन् । साथै एमबीए, एमबीएस गरेका र २ बर्ष सम्बन्धित क्षेत्रमा काम गरेका इच्छुक व्यत्ति मार्केटिङ हेडका लागि दरखास्त दिन सक्नेछन् ।

कम्पनीले ५ जना मार्केटिङ अफिसरको माग गरेको छ । जसमा १ वर्ष सोही क्षेत्रमा काम गरेको र बीबीए, बीबीएम र बीबीएस अध्ययन गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै बिक्रि कार्यका लागि २ जनाको माग भएको हुँदा एमबीए, एमबीएस गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै दुई वर्ष अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । साथै चालक अनुमति पत्र पनि अनिवार्य रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS