काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षमा सोल्टी होटल लिमिटेडले ३० करोड १६ लाख खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ४९ लाख नोक्सानीमा रहेको कम्पनीले थियो । गत आर्थिक वर्षमा भने कम्पनीले राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल आम्दानी २०२ प्रतिशतले बृद्धि भएकाले खुद नाफा गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ४५ करोड ३९ लाख कुल आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १ अर्ब ३७ करोड कुल आम्दानी गरेको हो ।
८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ ।