IME Life

भव्य रुपमा मनायो आइएमई लाइफले पाँचौं वार्षिकोत्सव, सर्वोत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौ वर्ष सफलता पुर्वक पुरा गरी छौटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले आज ब्यापक रुपमा वार्षिकोत्सव मनाएको छ ।

यस उपलक्ष्यमा कम्पनीले आज बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका आफ्ना शाखा तथा उप शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको कम्पनीले अवसरमा नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा बीमितहरुलाई अझै बढि लाभ प्रदान गरी सरल र सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्ध व्यक्त गरेको छ ।

Prabhu
Crest

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय भुमिका खेल्दै आइरहेको बताउँर्दै बीमितको हित प्रति कम्पनी सदैव तत्पर रहेको बताए । पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्ववहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल भएको समेत उनले बताए ।

कम्पनीले एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी आउँदा दिनहरुमा वृहत नतिजा आउने गरी अन्य कार्यक्रमहरु समेत गर्ने कम्पनीले जनाएको छ । साथै बीमितहरुलाई सरल र सहज बीमा सेवा प्रदान गर्दै दशेको बिकट ठाउँसम्म बीमा सेवा पुर्याउने उद्देश्यका साथै, आफूलाई बलियो र अब्बल कम्पनीको रुपमा स्थापित गर्ने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताएका छन् ।

सोहि कार्यक्रममा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको नितिएक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए । यसका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताए ।

पाँचबर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट बीमा सेवा प्रदान गरीरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS