काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले जसका लागि विक्री प्रबन्धकमा सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । जसमा कम्पनी र विक्री प्रबन्धकबीच हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिमपर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयतथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
हिमपर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।