IME Life
Beema Board

सहकारीहरुलाई कडाइ गर्दै विभाग, वित्तीय विवरण सार्वजनिक गर्नेदेखि यस्ता छन् १६ बुँदे निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरु एक पछि अर्को डुबेका समाचार बाहिन थाले पछि १६ बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारीहरुलाई साप्ताहिक, मासिक, त्रैमाशिक, अर्धवार्षिक र वार्षिक वित्तीय सूचकहरु सहकारी संस्थाका शेयरधनी, निक्षेपकर्ता, ऋणीलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।

विभागले मौद्रिक नीतिमा भएका कतिपय व्यवस्था तथा सुझावका आधारमा सहकारी संस्था, सहकारीका आम शेयर सदश्यहरु र केन्द्रिय संघ र सहकारी बैंकका लागि छुट्टा छुट्टै निर्देशन जारी गरेको छ । विभागले सहकारीहरुलाई संस्थागत सुशासन कायम गर्न निर्देशन दिएको छ । घाटामा रहेका सहकारी संस्थाहरुलाई नाफामा सञ्चालन नहुञ्जेल मुनाफा वितरण नगर्न, सञ्चालक तथा कर्मचारीको सुविधा कटौती गर्न, प्रशासनिक खर्च घटाउन निर्देशन दिएको छ ।

Prabhu
Crest

विभागले राष्ट्र बैंकले जस्तै सहकारीहरुलाई पनि दीर्घकालिन स्रोत नभइ कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । सहकारीहरुलाई ठुला बचत भन्दा पनि आवधिक किसिमका साना साना बचत संकलनमा जोड दिन अनुरोध गरेको छ । सहकारीहरुलाई पनि राष्ट्रिय लेखामान अनुरुप नै लेखापरीक्षण गर्न निर्देशन दिइएको छ ।

विभागले सहकारीका सदश्यहरुलाई नियतबस प्रवाह गरिएका सूचनाको पछि नलागी वास्तविक सूचना लिएर मात्रै अगाडी बढ्न अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS