Connect IPS
IME Life

अपर तामाकोशीले विजुली बेचेरै ७ अर्ब कमायो, व्याज तिर्दा एक अर्ब ८७ करोडले नोक्सानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको हाल सञ्चालनमा रहेका जलविद्युत आयोजना मध्ये सबैभन्दा ठुलो अपर तामाकोशीले एकै वर्षमा बिद्युत बिक्री गरेर ७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले एकै वर्षमा ७ अर्ब १७ करोड रुपैयाँ कमाए पनि सञ्चालन खर्च र व्याज खर्च अधिक हुँदा एक अर्ब ८७ करोड ७३ लाख नोक्सानमा देखिएको छ । कम्पनीको प्रशासन तथा आयोजना खर्च ४४ करोड ८ लाख रुपैयाँ छ । रोयल्टी बापत १४ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ । साथै ह्रास कट्टी मात्रै २ अर्ब ८३ करोड रुपैयाँ छ । यस्तो खर्च घटाएर सञ्चालन मुनाफा तीन अर्ब ७४ करोड रुपैयाँ छ ।

Prabhu
Crest

तर कम्पनीले आयोजना बनाउन लिएको ऋणको व्याज र किस्ता मात्रै ५ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ । यसरी व्याज र किस्ता तिर्दा कम्पनीलाई एक अर्ब ८७ करोड रुपैयाँले नोक्सानी भएको हो ।

अहिले कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी छ । आयोजना बनाउन लिएको दीर्घकालिन कर्जा नै ७३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । उक्त कर्जा भुक्तानी नभएसम्म आयोजनाले शेयरधनीहरुलाई लाभांश दिन सक्ने देखिदैन ।

कम्पनीले सहायक कम्पनी रोल्वालिङ आयोजनामा लगानी गर्न र कर्जा भुक्तानी गर्ने भन्दै सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ । जगेडा कोष २ अर्ब ७१ करोड रुपैयाँले ऋणात्मक छ । त्यसैले यहि हिसावले आम्दानी गर्दा पनि आयोजनाको ऋण तिर्न लाइनै वर्षौ लाग्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS