Connect IPS
IME Life

एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड –२ को इकाईमा आवेदन दिन समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड –२ को इकाईमा आवेदन दिन समय लम्बिएको छ । अब उक्त इकाईमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

फण्डले कुल १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल विक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरेको छ भने बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

Prabhu
Crest

आवेदकले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकान एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS