Connect IPS
IME Life

रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई १ सय रुपैयाँ अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।

Prabhu
Crest

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

उक्त आईपीओमा मेरो शेयर वेवसाइट र एपबाट आवेदन दिन सकिने छ । यसका साथै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS