IME Life

राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५२% ले बढ्यो, अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतितशले बढी हो ।

Prabhu
Crest

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढे हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५२ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७७ रुपैयाँ ५८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३६९ रुपैयाँ ६० पैसा रहेको छ । यस अवधिमा कम्पनीले ३५ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS