IME Life
Beema Board

आइएमई लाइफको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन २६ दशमलव १८ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले २ अर्ब ७३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १ दशमलव ३४ प्रतिशतले घट्दै १२ करोड ८६ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ४ लाख थियो ।

Prabhu
Crest

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७७ करोड ६८ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५८ दशमलव ५३ प्रतिशत वृद्धि हुँदै ४ अर्ब ७१ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र किताबी मूल्य १६१ रुपैयाँ ६५ पैसा छ । गत आर्थिक वर्षमा ८७ करोड ७० लाख खुद दावी भुक्तानी  गरेको कम्पनीले २ करोड १९ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS