काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क, जगेडा कोष बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १५ करोड ३० लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ६९ लाख रुपैयाँ थियो । महा विपत्ति कोषमा ५ करोड ४७ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको बीमा कोषमा ८२ करोड २२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अवधिसम्ममा १८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५ प्रतितशले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले कमी हो ।
कम्पनीले यस अवधिमा ४७ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ४० करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४५ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब १३ करोड ९२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७६ करोड ७६ रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।