काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा २२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा करोड ९६ लाख खुद नाफा गरेको कम्पनीले गत वर्षको यस समिक्षा अवधिमा ९७ करोड ६२ लाख खुद नाफा गरेको हो ।
चुक्ता पूँजी २० अर्ब ७१ करोड ५० लाख ५२ हजार रहेको हाल कम्पनीको जगेडा कोष रकम १ अर्ब ६७ करोड संचिती छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७ लाख गरेको कम्पनीको लाभांश आम्दानी गत आर्थिक वर्षको यस अवधिमा १ करोड ४१ लाख पुगेको छ । वित्तीय आम्दानी १८ दशमलव ७७ प्रतिशत र लाभांश आम्दानी ३१ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ०८ पैसा रहेको छ ।