काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित मृत्युदावी भुक्तानी गरेको छ । सन नेपालले स्वर्गी सन्तोष रानाको श्रीमतिलाई मृत्युदावी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
स्वर्गीय सन्तोष रानाले बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । कामको सिलसिलामा विदेशमै उनको मृत्यु भएको थियो । सो अनुरुप सन्तोषले इच्छाएको व्यक्ति उनकी श्रीमति रन्जिता रानालाई धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले १४ लाख रुपैयाँको चेक हस्तारन्तरण गरेका थिए ।