IME Life
Beema Board

बैंकहरुले भदौमा व्याजदर नबढाउने, संस्थागत निक्षेपकर्ताले ९.०३ प्रतिशत मात्रै पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर बढाउन अप्रत्यक्ष रुपमा दवाव दिदै गर्दा बैंकहरुले भने भदौ महिनाका लागि व्याजदर नबढाउने सहमति गरेका छन् । बैंकर्स संघले आधिकारिक रुपमै व्याजदर नबढाउने निर्णय गरेको छ ।

संघमा आवद्ध बैंकहरुले दुई साता अगाडी नै यस विषयमा सहमति गरिसकेका थिए । नेपाल राष्ट्र बैंकले संघको सहमतिलाई आपत्ती जनाउदै आएको थियो । अहिलेको मूल्य बृद्धि नियन्त्रण गर्न तथा मनि सप्लाइ घटाउनका लागि पनि राष्ट्र बैंकले व्याजदर बढाउनु पर्ने बताउदै आएको थियो । यसले गर्दा मौद्रिक नीतिमा पनि राष्ट्र बैंकले निक्षेप तथा कर्जाको लक्ष्य घटाएको छ ।

Prabhu
Crest

बैंकहरुले विगत ५ महिनादेखि व्याजदर बढाएका छैनन् । संघले भदौ महिनाका लागि पनि ११.०३ प्रतिशत व्याजदरलाई कायमै राख्ने सहमति गरेका हुन् । तर संस्थागत निक्षेपको व्याजदर भने ९.०३ प्रतिशत हुनेछ । व्याजदर बढाउदा पनि निक्षेप आउने भन्दै संघले व्याजदर नबढाउने सहमति गरेका हुन् । अहिले व्याजदर बढाउदा निक्षेपको मात्रै वढाउनु पर्ने हुन्छ । कर्जाको व्याजदर त्रैमाशिक रुपमा मात्रै बढाउन पाउने भएकाले बैंकहरुले अहिले व्याजर बढाउदा खर्च बढ्ने निष्कर्ष निकालेका हुन् । अर्को तर्फ यहि मंसिरमा चुनाव भएकाले चुनावमा बैंकिङ प्रणालीमा कालोधन आउन सक्ने भन्दै बैंकहरु निक्षेप बढ्ने अपेक्षा गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS