IME Life
Beema Board

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको शिवम् सिमेन्टको मुनाफा ५१ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको शिवम सिमेन्टको मुनाफा ५१ प्रतिशतले घटेको छ । कम्पनीले यस वर्ष ४० प्रतिशत भन्दा धेरै बोनस शेयर दिने हल्ला चलाएर विगत दुई महिनामा शेयर मूल्य बढाइएको थियो । यहि अवधिमा कम्पनीका ठुला लगानीकर्ताले मूल्य बढार बाहिरिएको पाइएको छ ।

जवकी कम्पनीले गत आर्थिक वर्षमा ६८ करोड ९३ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ४१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । तर कम्पनीको आम्दानीमा भने त्यतिधेरै गिरावट छैन । कम्पनीले सिमेन्ट बिक्री गरेर ९ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ भने अन्य आम्दानी १९ करोड ६ लाख सहित ९ अर्ब ४५ करोड रुपैयाँ जम्मा आम्दानी गरेको छ । गत वर्षमा ९ अर्ब ६६ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीको अन्य खर्च ७१ करोडबाट एक अर्ब ८ करोड रुपैयाँ नाघेको छ । खर्च बढ्दा कम्पनीको मुनाफामा भारी गिरावट देखिन्छ । तर कर्मचारी खर्च भने घटेको छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषमा तीन अर्ब ८७ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ मात्रै छ । कम्पनीले मुनाफाबाट मात्रै लाभांश दियो भने १५ प्रतिशतकै हाराहारीमा दिनेछ । तर जगेडा कोषमा भएको रकमलाई प्रयोग गर्यो भने लाभांश बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS