IME Life
Beema Board

सन नेपाल लाइफको नाफा शतप्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब ५४ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा बृद्धि गर्न सफल भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०२ प्रतिशतले बढी हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले २ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ४९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन मार्फत कम्पनीले यस अवधिमा ३७ करोड ६० लाख रुपैयाँ खर्चिएको छ ।

२ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थि कवर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३४ करोड १७ लाख थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS