IME Life
GBIME

शिखर इन्स्योरेन्सको नाफा २८ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

२ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७० करोड ९७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५० करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती बढेको हो ।

Crest

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २१ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीले ४० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थि कवर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २८ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ९७ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ४ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS