IME Life
Beema Board

एलआइसी नेपालको खुद बीमा शुल्क आर्जन ६ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको देखिएको छ ।

समिक्षा अवधिमा कम्पनी नोक्सानीमा रहेको छ । कम्पनी यस अवधिमा ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu
Crest

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव३९७ प्रतिशतले बढी हो ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँं संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम बढेको हो ।

कम्पनीले १८ अर्ब २२ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS