IME Life
Beema Board

प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ६३% ले बढ्यो, नाफा ७ करोड २६ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा राम्रो प्रगति भएको देखिन्छ ।

समिक्षा अवधिमा कम्पनीले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा कम्पनीको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५७ दशमलव ४२ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६३ दशमलव ७७ प्रतिशतले बढी हो ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोषमा ४२ करोड ९६ लाख रुपैयाँंचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ४३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम धेरै प्रतिशतले बढी हो ।

यस वर्ष कम्पनीले २ अर्ब ३९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४४ करोड ७९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १ करोड ६२ रुपैयाँ कम्पनीको भुक्तानी हुन बाँकी दाबी रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS