IME Life
GBIME

नेपाल इन्स्योरेन्सको बीमा शुल्क ११ प्रतिशतले वृद्धि, नाफा कति ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ११ दशमलव २० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १ अर्ब ४२ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ७ दशमलव ३४ प्रतिशतले वृद्धि हुँदै ३२ करोड ८९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ६४ लाख थियो।

Crest

१ अर्ब ३७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३९ करोड ४८ लाख रुपैयाँ संचित छ भने बीमा कोषमा १ वर्षको अवधिमा २७ दशमलव ८६ प्रतिशत वृद्धि हुँदै ७३ करोड ३ लाख पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र किताबी मूल्य १८१ रुपैयाँ ६० पैसा छ ।

गत आर्थिक वर्षमा ४८ करोड ४३ लाख कुल दावी भुक्तानी गरेको कम्पनीले ९५ करोड ५३ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS