Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क १० प्रतिशतले वृद्धि, नाफा कति ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १० दशमलव ४० प्रतिशतले वृद्धि हुँदै २ अर्ब १० करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १ अर्ब ९१ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ३ दशमलव ५४ प्रतिशतले कम हुँदै ३६ करोड ४ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३७ करोड ३७ लाख थियो।

Prabhu
Crest

१ अर्ब  २२  करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३९ करोड ७५ लाख रुपैयाँ संचित छ भने बीमा कोषमा १ वर्षको अवधिमा १९ दशमलव ७२ प्रतिशत वृद्धि हुँदै १ अर्ब २ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा र किताबी मूल्य २२० रुपैयाँ ४७ पैसा छ ।

गत आर्थिक वर्षमा १ अर्ब ६ करोड कुल दावी भुक्तानी गरेको कम्पनीले २ अर्ब ९४ करोड भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS