काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ९२ अंकले घटेर २,०१० दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभनदा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीको २ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले २ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।