काठमाडौं । आफ्नो सन्तानले गुणस्तरिय जीवन बाँचुन भन्ने सोचले आफ्नो रहर थाती राख्ने थुप्रै बुवा आमा छन् । अहोरात्र खटेर भएपनि छोराछोरीको नाममा केहि रकम जम्मा गर्नु बुवाआमाको निति नै हो । पछिल्लो समय भने छोराछोरीको लागि बचत गर्न बीमाले सहयोग गरेको छ । जसकारण प्राय बुवाआमाले छोराछोरीको जन्मदिनमा उपहारको रुपमा बीमा पोलिसी दिने प्रचलन बढ्दो छ ।
यसैक्रममा सानिमा लाइफ इन्स्योरेन्स गलकोट शाखाका सिनियर एजेन्सी म्यानेजर कृष्ण प्रसाद खरेलले छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नी छोरी आहानाको जन्मदिनको अवसर पारि छोरीको शैक्षिक उन्नतिका लागि १० लाख रुपैयाँ बराबरको सानिमा बाल सौगात जीवन बीमा योजना खरिद गरेका हुन् ।