काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक २०७५’ माथि छलफलका लागि संसदमा पेश गरेका छन् । शर्माले “अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधयेक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव बहुमतिले पारित भएको छ । उक्त प्रस्ताव पारित भए सँगै संसदमा बीमा विधेयकमा संसदहरुले छलफल गरिरहेका छन् ।
अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको थियो । सहमति जुटे सँगै अर्थसमितिले संसदमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।
छलफलमा अर्थसमितिको प्रतिवेदन र सो सम्बन्धि विधेयकका दफादार तथा आनुवांसिक अन्य दफाहरुमा मात्रै छलफल गर्न सकिनेछ ।