काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही समय थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ५३४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ४११ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार १२३ जनामा गरिएको एन्टीजेन परिक्षणमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज ४७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ८६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।