काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले विहीवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा विक्री खुला गरेको हो ।
उक्त संस्थापक शेयरमा इच्छुक शेयरधनीले भदौ ३१ गतेसम्म विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउनुपर्नेछ ।
संस्थापक शेयरको मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्युनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।