काठमाडौं । आज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल युएचईडब्लुए रहेको छ । अब यस कम्पनीको शेयर बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुने छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दकाहरूका लागि निष्काशन गरेको ५० हजार, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख कित्ता गरेर कुल
५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १ सय रुपैयाँदेखि देखि ३ सय रुपैयाँ ओपङिन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।