SKIP THIS

MLBL
IME Life
Beema Board

बरु व्यापार घटोस्, तर पोलिसी सरेण्डर रोक्नुहोस्ः बीमा समिति अध्यक्ष सिलवाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा बीमालेख समर्पण गर्ने प्रवृत्ति नियन्त्रणमा आउन नसकेपछि बीमा समितिको नेतृत्वले चासो र चिन्ता व्यक्त गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमक संघले सोमबार आयोजना गरेको कार्यक्रममा क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको अनौपचारिक छलफलको क्रममा बीमालेख समर्पणको बेथिती नियन्त्रण गर्न अनुरोध गरेका हुन् ।

उनले एउटै अभिकर्ताको कोडबाट ५०–५५ करोड रुपैयाँको बीमालेख समर्पण भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिमा अंकुश लगाउनको लागी बीमा कम्पनीहरुबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले भने, बरु तपाईहरुको व्यापार केही घट्ला,तर सरेण्डर बढ्न नदिन स्वस्थ्य व्यवसायमा जोड दिनुहोस् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको उच्च नेतृत्व तथा कथित वरिष्ठ अभिकर्ताहरुको मिलेमतोमा व्यवसायीक लक्ष्य पुरा गर्नको लागी ठूलो बीमांकको बीमालेख समर्पण गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । उदाहरणको लागी कुनै जीवन बीमा कम्पनीले एक वर्षभित्र ७ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिएको छ, र नियमित व्यवसायबाट ५ अर्ब रुपैयाँ प्रथम बीमा शुल्कमात्र आम्दानी गर्न सम्भव भयो भने अन्तिम उपायको रुपमा पुराना बीमालेख समर्पण गर्न लगाउने र पुनः सोही बीमितको नामबाट नयाँ बीमालेख जारी गरेर थप प्रथमबीमाशुल्क आम्दानी देखाएर ७ अर्ब रुपैयाँको लक्ष्य भेट्टाउने गरेका छन् । यसरी नियोजित रुपमा गरिने बीमालेख समर्पण असार मसान्तमा ह्वात्तै बढ्ने गरेको छ ।

कुनै पनि बीमितले आफूले खरिद गरेको जीवन बीमालेख औपचारिक रुपमा रद्ध गर्नको लागी बीमा कम्पनी समक्ष निवेदन दिएर त्यसको समर्पण मूल्य भुक्तानी प्राप्त गर्नुलाई बीमालेख समर्पण गर्नु हो । जीवन बीमालेख निर्देशिका २०७८ अनुसार कुनै पनि जीवन बीमालेख जारी गरेको तीन वर्ष पुरा भएपछि मात्र समर्पण गर्न पाइन्छ । यसबाहेक बीमितले अनिवार्यरुपमा तीन वर्षको बीमाशुल्क भुक्तानी गरेकै हुनुपर्छ ।

यसअघि दुई किस्ता मात्र भुक्तानी गरेको अवस्थामा बीमालेख समर्पण गर्न पाइने प्रावधान रहेकोमा बीमितले बीमालेख जारी गरेको १ वर्षभित्रकै अवधिमा दुई पटक बीमाशुल्क भुक्तानी गरेलगत्तै बीमालेख समर्पण गर्न पाउने सुविधा रहेको थियो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुबाट संकलन गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार एक वर्षको अवधिमै बीमालेख समर्पणवापत जीवन बीमा कम्पनीको बीमा कोषबाट १२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षमा २०७८/७९ मा बीमा कम्पनीहरुमा ८१ हजार ८ सय ६० वटा बीमालेख बीमितले समर्पण गरेर भुक्तानी लिएका थिए । समग्र बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आम्दानीको तुलनामा बीमालेख समर्पणवापत बाहिरिएको रकम २८.९७ प्रतिशतहुन आउँछ ।

सबैभन्दा बढी प्रथम बीमाशुल्क आम्दानी गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले आ.व. २०७८/७९ मा ७ अर्ब ३३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गर्दा बीमालेख समर्पण वापत ५ अर्ब १ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको छ । यो रकम प्रथम बीमाशुल्कको तुलनामा ६८.३४ प्रतिशत हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS