काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नागरिक लगानी कोषको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले कोषको प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी शेयरमुल्य २ हजार २१४ दशमलव ६२ कायम गरेको छ । कोषले मंगलवार कायम अन्तिम शेयरमूल्य २ हजार ८७९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कोषले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारणसभा बोलाएको छ ।