कठमाडौं । साताको तेस्रो आज पनि शेयर बजार घटेको छ । आज शेयरको नेप्से परिसूचक ४५ दशमलव ४२ अंकले घटेर २.१६ को विन्दुमा कायम भएको छ । यस अवधिमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज हिमालयन हाइड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने २७५ कायम भएको छ ।
आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर ६ दशमलब ३६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १ हजार १७० रुपैयाँ कायम भएको छ । साथै नेपाल इँभेष्टमेन्ट बैंकको डिबेन्चरको शेयर ३ दशमलव ९६ प्रतिशतले बृद्धि हुँद प्रति शेयर मूल्य भने ८३२ रुपैयाँ कायम भएको छ । साथै युनिलिभर नेपाल लिमिटेडको शेयर भने ३ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । साथै कम्पनीको शेयर मूल्य भने १९ हजार ७५० रुपैयाँ कायम भएको छ ।