काठमाडौं । शेयर बजारका प्राविधिक विश्लेषकहरुले आज नेप्से सूचक २०८० मा छोएर फर्कने विश्लेषण गरेका थिए । यदि शेयर बजार २०८० भन्दा पनि तल झर्यो भने बजारले अर्को तल्लो सपोर्ट विन्दुलाई खोज्ने आकलन सँगै आज शेयर बजारमा ४५.४२ अंकको गिरावट आएको छ । विश्लेषकहरुले यदि शेयर बजार २०८० को विन्दुमा अडिन नसके २०१७ सम्म तल झर्न सक्ने आकलन गरे सँगै आजै शेयर बजारमा ठुलो गिरावट आयो ।
कारोबारको अधिकाम्स समय शेयर बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्ताहरु अन्तिम समयमा भने निरास भएका छन् । सुधार हुने आकलन सहित शेयर खरिद गर्नेहरुले नै शेयर बिक्री गर्न थालेका छन् । गएको तीन सातामा झण्डै ३०० अंकको सुधार भएकोमा गत साता १२६ अंकले तल झरेको छ ।
आज नेप्से सूचक २.१६ प्रतिशतले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । कारोबार रकम पनि २ अर्ब ६८ करोड रुपैयाँमा सिमित भएको छ । आज सर्वाधिक धेरै बढ्ने क्रममा हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने चार वटाको मात्रै बढेको छ ।