Connect IPS
IME Life

आकर्षक फिचरसहित भिभो वाई १५ सी नेपालमा सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आजवाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई १५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्नमूल्यदायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।

सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई १५सीमा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्ले सहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बाध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र “अन द गो”उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई १५ सी लाई डिजाइन गरिएको हो ।

Prabhu
Crest

भिभो नेपालका सीईओ माइकललेभने,“युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमाआफूलाई नेपालको सबैभन्दालोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ। वाई शृङ्खलाका स्मार्टफोनहरू“अन द गो”मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालैलन्चगरिएकोवाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ। यो स्मार्टफोनको अन्यउल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशालीएआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा

वाई१५सी मा १३एमपीएआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्च स्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै,उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्दछ ।

लामो समयसम्मटिक्नेशक्तिशाली ब्याट्री

वाई१५सी मा५०००एमएएच ब्याट्री छ जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्जगरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ।

इमर्सिभ प्रदर्शन र स्टाइलिस डिजाइन

वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्ले सहित आई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दाइमर्सिभ अनुभवप्रदानगर्दछ। यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन । प्रभावशालीविशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ,हलुकातौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।
आकर्षक रंगहरू तथा विशेषताहरु

वाई १५सीदुईवटा आकर्षक रंगहरूमा : मिस्टिक ब्लू र वेभ ग्रीनमाउपलब्ध छ ।यसमासाइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ ।वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS