IME Life

जीवन बीमक सङ्घद्वारा दुई संस्थालाई आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साउन २२ गते दुइ संस्था काठमाडौं इन्स्चिच्युट अफचाइल्ड हेल्थको तर्फबाट डा.भागवान कोईराला लाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितीका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितीमा काठमाडौंको रवि भवन स्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

Prabhu
Crest

समता एडुकेसन ट्रस्टसंस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा बिद्यालय संचालन गरेको छ ।

त्यसैगरि, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ । नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको छ ।
जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थीक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।

बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो र संस्थागत समजिक उत्तरदायित्व अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्न पर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS