काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ६७ अंकले घटेर २,१०६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७६४ रुपैयाँ रहेको छ ।
त्यस्तै, नविल बैंकको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाखमाथिको शेयर कारोबार भएको छ ।